+
Search

ताजा अपडेट +

पपुलर +

भूमिसम्बन्धी अध्यादेश आउने सम्भावना समाप्त भएको छ : सांसद घिमिरे

पालिका लाइभ
२०८१ चैत्र ४, सोमबार १६:१२ बजे

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रूपमा आउने सम्भावना समाप्त भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले त्यसलाई अब परिमार्जित गरेर सबैलाई स्वीकार हुने गरी कानुनकै रूपमा अगाडि बढाउने बताए ।

उनले भने,‘भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रूपमा आउने समाप्त भइसकेको अवस्था छ । अब त्यसलाई कसरी हुन्छ परिमार्जित गरेर सबैलाई स्वीकार हुने गरी कानुनकै रूपमा अगाडि बढाउने हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ