काठमाडौं– नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई वात्सल्य नेचुरल आईभिएफका विभिन्न स्थानहरूमा रहेका अस्पताल र क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म र आई.भि.एफ प्याकेजमा कर्मचारीहरूलाई रु. १५,००० र नेपाल बैंक लिमिटेडका ग्राहकहरूलाई रु. १०,००० छुट हुने भएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आईभिएफको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नवीन विष्टले हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौं स्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगन्ज, पोखरा र बुटवलमा अवस्थित वात्सल्यका अस्पताल र क्लिनिकहरूले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
प्रतिक्रिया