+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेश ३१ रनमा अलआउट, विपिन महतोले लिए ६ विकेट

पालिका लाइभ
२०८१ चैत्र ३, आईतवार ११:४६ बजे

काठमाडाैं– जारी पीएम कप अन्तर्गतको खेलमा गण्डकी प्रदेश ३१ रनमा अल आउट भएको छ ।

सिद्धार्थनगर रंगशाला, भैरहवामा जारी खेलमा कोशी प्रदेशविरुद्ध गण्डकी ३१ रनमा अल आउट भएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेशले २०.४ ओभरमा अल आउट हुँदै ३१ रन मात्र बनाएको हो ।

गण्डकीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । चार ब्याट्सम्यान शून्यमा आउट भएका थिए भने अर्जुन कुमालले सर्वाधिक ९ रन र सुजन गौतमले ६ रन बनाएका थिए ।

त्यस्तै गण्डकीको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा कोशी प्रदेशका बलर विपिन महतोले ६ विकेट लिएका थिए । विपिनले ८ ओभरमा ३ मेडनसहित १७ रन दिएर ६ विकेट लिएका थिए । त्यसैगरी फिर्दोश अन्सारीले ३ र दिपेस कँडेलले एक विकेट लिएका थिए ।

यो पीएम कपमा कुनै पनि टिमले बनाएको दोस्रो कम टोटल हो । यस अघि २०२४ को पीएम कपमा कोशीले गण्डकीविरुद्धको खेलमा २५ रन मात्र बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ