पोखरा– पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।
उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिन्छ।
सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुबेदीलाई आफू ७१ वर्षको वृद्ध बताउने ती व्यक्तिले रडले हान्न खोज्दा त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दाले छडले हान्न रोकेको उक्त भिडियोमा प्रस्ट देखिन्छ ।
त्यसपछि घटनास्थलमा पुगेको पोखरा महानगरको नगर प्रहरी टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएको भनिएको उक्त टहरो भत्काएको पनि त्यस भिडियोमा देखिएको छ ।
प्रतिक्रिया