+
Search

ताजा अपडेट +

पपुलर +

आगामी चुनावमा माओवादी एक्लै लड्छ र जित्छ : प्रचण्ड

पालिका लाइभ
२०८१ चैत्र २, शनिबार २०:४२ बजे

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताएका छन् ।

शनिवार एक कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समीकरण नगर्ने बताएका हुन् ।

उनले भने, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समीकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जानेछ । हिजो ०६४मा जसरी आफ्नै एजेन्डाको बलमा आफ्नै जनताको तागतमा गएका थियौँ अब एकचोटि फेरी हामी आफ्नै जनता र वर्गतिर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

साथै उनले संगठानात्मक गतिविधि जुन स्टिममा अगाडि बढ्नुपर्ने हो त्यो पार्टीभित्र नबढेको बताए । उनले पार्टी भित्रको गुटबन्दी, अराजकता, सबै हटाउनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टी जस्तो स्थितिमा अहिले छ पार्टी भित्रको गुटबन्दी, अराजकता, असाध्यै बढी व्यक्तिवादी आत्म केन्द्रित हुने प्रक्रियामा छ । संगठानात्मक गतिविधि जुन स्टिममा अगाडि बढाउनुपर्ने थियो त्यसरी बढेको छैन, त्यसकारण हामीले यो यथास्थितिलाई तोड्नुपर्ने हुन्छ र नयाँ यथार्थतिर नयाँ प्रक्रियातिर हामी जानुपर्ने हुन्छ भनेर हामीले संकल्प लिएका छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ