काठमाडौं– नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् । बजगाईँले मन्त्री पाण्डेविरुद्ध तीनवटा आरोप लगाउँदै बुधवार उजुरी दिएका हुन् ।
पाण्डेले संविधान र पार्टी सिद्धान्तको उल्लंघन गरेको, पार्टी विधानको उल्लंघन तथा राष्ट्र र लोकतन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको बजगाईँको आरोप छ ।
उजुरीमा मन्त्री पाण्डेले हालै पशुपतिनाथ मन्दिर प्रांगणमा निरुत्साहन अभिव्यक्ति र एक सार्वजनिक कार्यक्रममा एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङ को नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको उल्लेख गरिएको छ । उक्त अभिव्यक्ति आउन पार्टी सिद्धान्त विपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हित विपरीत समेत भएको बजगाईँको आरोप छ ।
कांग्रेसको विधानले समाजवाद उन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्ने र एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन नसक्ने भन्दै साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको उल्लंघन भएको उनले उल्लेख गरेका छन् ।
मन्त्री पाण्डेको अभिव्यक्ति नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुष्प्रयास भएको समेत बताएका छन् । पार्टीकै सहमहामन्त्रीबाट आएको हुनाले यसले पार्टीको नीति र विचारधारामा गम्भीर असर पार्ने उनको दाबी छ ।
व्यक्तिगत रूपमा मन्त्री पाण्डेसँग आफ्नो कुनै दुस्मनी नरहेको बताउँछन् । तर पार्टीको हित र लोकतन्त्रको लागि आफूले बाध्य भएर उजुरी दिएको सांसद बजगाईँको भनाइ छ । ‘उहाँले राष्ट्रपति सीको नैति शिक्षा जनस्तरमा पढाउनुपर्छ भन्नुभयो । हामी त कांग्रेस पार्टीको मान्छे हौँ नि,’ बजगाईँ भन्छन्, ‘यसले हामीलाई क्षति गर्यो । उहाँले संस्कृति औपनिवेशिकरणमा काम गर्नुभएको छ, यो पार्टीले लिएको नीतिअनुरूप भएन भन्ने मेरो दाबी हो ।’
उजुरीको बारेमा बजगाईँको भनाइ जस्ताको तस्तै
मन्त्री पाण्डेले योजनाबद्ध रूपमा आफ्नो पदलाई दुरुपयोग गर्दै मेरोविरुद्ध लक्षित सामाजिक सञ्जाल अभियान सञ्चालन गरेका छन्, जसको उद्देश्य सार्वजनिक धारणा प्रभावित पार्दै मेरो विश्वसनीयतालाई कमजोर बनाउनु हो ।
आत्म-न्यायप्रियताको आवरणमा उनले सञ्चारमाध्यमहरूमार्फत रणनीतिकरूपमा आफूलाई सबैभन्दा सफा व्यक्ति भनेर स्थापित गर्ने प्रयास गरेका छन्, जबकि उनले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष रूपमा कमजोर पार्ने निर्णयहरू लिएका छन्। योजनाबद्ध ढंगले उनले नेपाली स्वामित्वको कम्पनीलाई विभाजित गरेका छन्, कानुनी प्रक्रिया उल्लङ्घन गर्दै जथाभाबी क्यासिनो इजाजत पत्र वितरण गरेका छन्, र अदालती फैसलालाई चुनौती दिने प्रयास गरेका छन्-जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ।
मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन्। उनले पार्टी नेतृत्वलाई प्रभावमा पार्दै अनुशासन समिति प्रयोग गरेर मलाई लक्षित कारबाही गराउने प्रयास गरिरहेका छन्। मलाई दबाउने, आलोचनात्मक आवाजलाई थुन्ने, र आफ्नै नियन्त्रण मजबुत बनाउने उनको यो रणनीति केवल एउटा व्यक्तिगत बदनाम गर्ने अभियान मात्र होइन-यो सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचारको विरोध गर्नेहरूलाई दबाउने संगठित षड्यन्त्र हो।
यस्तो छ पाण्डेविरुद्ध बजगाईँको उजुरी
याे पनि,
मन्त्री पाण्डेले सांसद बजगाइँमाथि लगाए ‘बिचौलिया’को आरोप, घुस लिएको प्रमाणित गर्न चुनौती
कांग्रेस सांसद बजगाईंको आरोप: ‘पर्यटनमन्त्री पाण्डेले घुस लिएर क्यासिनोको लाइसेन्स बाँडे’
राजेन्द्र बजगाईले फिर्ता लिए शेरबहादुर देउवाविरुद्धको उजुरी
आफ्नै पार्टीका मन्त्रीमाथि गम्भीर आरोप लगाएका सांसद बजगाईंले मागे माफी
गण्डकीका कांग्रेस सांसदको निष्कर्ष- मन्त्री बनाउँदा पार्टीले उपेक्षा गर्यो
प्रदेशसभाका उम्मेदवार बजगाईँले उडाए आचारसंहिताको धज्जी, हेलिकोप्टर लिएर प्रचारमा
निर्वाचन प्रसार प्रचारका लागि हेलिकप्टर चार्टर गरी उत्तरी गोरखाको सामागाउँमा बजगाईँ
कांग्रेस गाेरखा- विचाैलीया उम्मेदवारकाे ‘रजगज’, विचल्लीमा पूराना नेता !
प्रतिक्रिया