मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान कांग्रेस, माओवादी र एमालेलाई चुनौती दिएका छन् ।
बिहीबार थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यहि व्यवस्थाले देश बरबाद भएको दाबी गरे ।
सांसद् शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताएका हुन् ।
‘तपाईंहरूसँग दुई तिहाइ छ। हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् तपाईँहरूलाई हामी समर्थन गर्छौँ । अनि चुनाव लडेर आऔँ, जितौँ,’ उनले भने । ‘आफैँ मन्त्री हुने आफैँ प्रधानमन्त्री हुने व्यवस्था ठिक भएन ।’
प्रतिक्रिया