+
Search

ताजा अपडेट +

पपुलर +

वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर]

पालिका लाइभ
२०८१ फाल्गुन २९, बिहीबार १९:३५ बजे

काठमाडौं– होली पर्वमा काठमाडौंको वसन्तपुर निकै उल्लासपूर्ण देखिएको छ । वसन्तपुरमा स्वदेशी तथा विदेशीहरू होलीलाई उत्साहपूर्वक मनाएका छन् ।

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली)पर्व रंग खेलेर मनाइने भएकाले विशेषगरी वसन्तपुर क्षेत्रमा बढी भिडभाड देखिन्थ्यो ।

सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरूका कारण वसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो । रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो ।

वसन्त ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्। विगतका बर्सहरू भन्दा यस वर्षको होली बढी सभ्य देखिएको छ ।

तर वसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरू उश्रृंखल नारा पनि लगाउन भ्याएका थिए । उनीहरूले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए । कतिपयले भने ‘राजा आउँ, देश बचाउ’ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षमा नारा लगाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ