+
Search

ताजा अपडेट +

पपुलर +

६ किलोमिटर सडक ६ लेनको बनेपछि यस्तो देखियो भरतपुर [तस्बिरहरू]

पालिका लाइभ
२०८१ फाल्गुन २९, बिहीबार १३:०५ बजे

भरतपुर महानगरपालिका अहिले चिटिक्क देखिएको छ।

पुलचोकदेखि टिकौली जंगलछेउको गोन्द्राङसम्मको ६ किलोमिटर सडक ६ लेनको बनेपछि भरतपुरको मुहार फेरिएको छ।

सडक चौडा र कालोपत्रेको काम २०७७ असोजमा सम्झौता भएर कात्तिक ११ गतेदेखि सुरु भएको थियो। २०७९ फागुनसम्म काम सक्ने सम्झौता गरिए पनि यसपालि मात्रै काम सकिएको छ।

१ अर्ब ७६ करोड लागतमा निर्माण कम्पनी इण्डो–सगुन जेभीले यो सडक बनाउन तीन पटक म्याद थप्यो।

निर्माण सकिएपछि सडकमा स्मार्ट बत्तीको पनि शुभारम्भ गरिसकिएको छ।

सडकको दायाँ–बायाँ ११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरुवा लगाइसकिएको छ ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठुला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ।

सडक बनेपछि भरतपुर थप व्यवस्थित देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ