+
Search

ताजा अपडेट +

पपुलर +

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलता विकास गर्नुपर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

पालिका लाइभ
२०८१ फाल्गुन २७, मंगलवार १९:४७ बजे

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन्।

महासंघका केन्द्रीय सदस्य कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथा मंगलबार काठमाडौंमा सार्वजनिक गर्दै ढकालले उद्यमशीलताले आत्मसम्मान र आत्मनिर्भरता बढाउनुका साथै देश विकासमा सहयोग पुग्ने बताए।

उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको समेत बताए।

अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरण व्यवसायी कमला श्रेष्ठ भएको भन्दै अध्यक्ष ढकालले व्यवसायको माध्यमबाट हजारौँलाई सिप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमशीलता तथा महिला सशक्तीकरणका लागि कमलाको ठुलो योगदान रहेको बताइन्।

महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठले व्यवसायी कमलाको पुस्तक नयाँ काम गर्न चाहनेका लागि लागि प्रेरणाको स्रोत भएको बताए।

लेखिका कमलाले उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि यो पुस्तकबाट मार्गदर्शन हुने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ