+
Search

ताजा अपडेट +

पपुलर +

सरकारको विश्वसनीयता सकिएकै कारण राजतन्त्रवादी हौसिए : प्रचण्ड

पालिका लाइभ
२०८१ फाल्गुन २७, मंगलवार १५:३१ बजे

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुन स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै आएर राजतन्त्र पुन स्थापनाको चुनौती दिन थालेको भन्दै यो सरकारको कमजोरीले गर्दा भएको बताए ।

उनले भने, ‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन् । वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुन स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुन स्थापनाको चुनौती दिन थालेका छन् । राजावादीहरूको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’

उनले जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने कोसिस भएको भन्दै अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको पनि बताए ।

उनले भने, ‘जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने कोसिस हुदैँछ । हामीले अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको छ । सरकारको बेथिति र असफलताले जनतामा व्यवस्थाप्रति नै निराशता बढाउँदै लगेको छ । सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरू विकल्प नै देख्न छाडेको हो ?।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ