+
Search

ताजा अपडेट +

पपुलर +

गणतन्त्रको विकल्प अरू हुन सक्दैन- सिके राउत

पालिका लाइभ
२०८१ फाल्गुन २७, मंगलवार ११:१७ बजे

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले राजावादीहरूको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरू हुन नसक्ने बत्ताएका छन् ।

सरकारको कमजोर डेलिभरीका कारण केही असन्तुष्टिहरू देखिए पनि ठुला दलहरू भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उनले जिकिर गरे । ‘हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ’, उनले भने ‘जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौ तर समाजवादी गणतन्त्र भने हैन ।’

महोत्तरीको बर्दिबासमा तीन दिन देखी जारी केन्द्रीय समितिको बैठकको समापनको क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरूले टाउको उठाएको पनि दाबी गरे ।

सुशासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बत्ताउँदै उनले गणतन्त्र रक्षाको लागि ठुला दलहरू नै सुध्रनुपर्ने धारणा राखे ।

अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रदर्शनलाई लिएर भने फरक मत राखेका छन् ।

प्रदर्शन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिँदै उनले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवश्यक भएको दोहोर्‍याए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ