+
Search

ताजा अपडेट +

पपुलर +

इतिहासको रथ पछाडि फर्किदैन्, निरंकुश शासन सहन सकिदैन्:  माधव नेपाल

पालिका लाइभ
२०८१ फाल्गुन २६, सोमबार २२:०४ बजे

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन् ।

सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगति, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए ।

उनले भने, ‘सिद्ध्याउन खोज्ने कुनै पनि प्रवृत्ति निन्दनीय छ, अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो । यो राजाबाट सम्भव छैन । इतिहासले यो कुरा भनी सकेको छ । फेरि त्यो निरङ्कुश शासनमा जनता जादैँन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ