+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी ठगी

छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको रवि लामिछानेको आरोप

पालिका लाइभ
२०८१ फाल्गुन २६, सोमबार २१:५५ बजे

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् ।

सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछानेले यस्तो बताएका हुन ।

लामिछानेले भने ‘सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सानो भएको भए मलाई मात्र पुर्न मिल्थ्यो, तर, सरकारले यति ठुलो खाल्डो खन्यो की त्यसमा ती सबै जना जाकिन्छन्।’

उनलाई आगामी वैशाख २३ गते अर्को तारिख दिइएको अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताए । लामिछानेले सोम नम्बर ७ फाँटमा तारिख बुझेको उनको भनाई छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रुपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।

अदालतले किन माग्यो रविसँग एक करोड धरौटी ? लामिछानेले आजै तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । उनले साधारण तारेखको माग गरेका छन् । लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले यसअघि नै पुनरावेदन दिइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ