काठमाडाैं– एनआईसी एशिया बैंकका ब्रान्ड एन्ड कम्युनिकेसन प्रमुख सरोज भट्टराईलाई बैंकले जिम्मेवारीबाट हटाएको छ। मिडियाबाट अनुचित लाभ लिएको आरोपका कारण उनलाई कारबाही गरिएको बैंक स्रोतले जनाएको छ।
बैंकले उनलाई ब्रान्ड एन्ड कम्युनिकेसन प्रमुखको जिम्मेवारीबाट हटाएर अर्को विभागमा सरुवा गरेको छ। कर्मचारीहरूका अनुसार, भट्टराईविरुद्ध विभिन्न गुनासाहरू आइरहेका थिए। ती गुनासाहरू विशेषगरी मिडिया हाउसहरूबाट अनैतिक लाभ लिएको आरोपसँग सम्बन्धित थिए। बैंकका एक कर्मचारी भन्छन्, ‘उहाँविरुद्ध बैंकभित्रै विभिन्न गुनासाहरू उठिरहेका थिए। खासगरी मिडिया संस्थाहरूसँग अस्वस्थ सम्बन्ध राखेर अनैतिक लाभ लिएको भन्ने आरोपहरू लागिरहेका थिए। बैंकले सुरुमा यस विषयलाई सामान्य रूपमा लिए पनि पछि गुनासाहरू निरन्तर बढ्दै गएपछि गम्भीर रूपमा अध्ययन गरियो।’
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) तथा सूचना अधिकारी अर्जुन खनियाँले भने यस विषयमा आफूलाई कुनै आधिकारिक जानकारी नभएको दाबी गरे। उनले भने, ‘मलाई अहिलेसम्म यसबारे कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।’
बैंकको उच्च व्यवस्थापन तहमा भट्टराईविरुद्ध लागेका गुनासाहरूलाई लिएर लामो समयदेखि छलफल भइरहेको थियो। अन्ततः बैंक व्यवस्थापनले उनलाई ब्रान्ड एन्ड कम्युनिकेसन प्रमुखको पदबाट हटाउने निर्णय गरेको हो।
यस घटनाले बैंकभित्रको आन्तरिक प्रशासनिक प्रक्रियालाई लिएर प्रश्न उठाएको छ।
एनआईसी एशिया बैंक पछिल्लो समय अनियमितताका कारण विवादमा पर्दै आएको छ। नेपालमा सञ्चालित बैंकहरूमध्ये सबैभन्दा धेरै विवादमा तानिएको बैंकका रूपमा एनआईसी एशियालाई लिइन्छ। ग्राहकहरूलाई आर्थिक असुविधा पुर्याउनेदेखि कर्मचारीहरूको श्रम शोषण गर्ने जस्ता आरोपहरू बेलाबेला बाहिर आउने गरेका छन्।
बैंकको ‘बैंक पनि साथी पनि’ भन्ने नारासँग मेल नखाने गरी यस बैंकका गतिविधिहरूले ग्राहकहरूलाई समस्यामा पार्ने गरेको व्यवसायीहरू बताउँछन्। बैंकका कर्मचारीहरूको मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण प्रवाह गरिएको प्रमाणित भइसकेको छ। त्यस्तै, बैंकभित्रकै कर्मचारीहरू संलग्न भई ग्राहकको पैसा चोरी हुने, साइबर सुरक्षाको कमजोरीका कारण ह्याकिङ भएर पैसा हराउने, खातामा पैसा हुँदा पनि बैंकले ग्राहकलाई नदिने जस्ता गुनासाहरू व्यापक रूपमा आएका छन्।
बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकलाई नै छल्ने काम गरेको पनि विभिन्न रिपोर्टहरूले देखाएका छन्। बैंकले प्रवाह गरेको कर्जा विवरण तथा राष्ट्र बैंकलाई पेस गरेको वित्तीय विवरण फरक देखिएको थियो। राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत बैंकले आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेश गरेको प्रमाणित गरेको छ।
एनआईसीमाथि परेका यी आरोपहरूले बैंकिङ क्षेत्रको विश्वसनीयतामा असर पर्ने देखिन्छ। राष्ट्र बैंकले यस्ता अनियमितताहरूलाई गम्भीर रूपमा लिएर आगामी दिनमा थप कडा कदम चाल्ने संकेत पनि गरेको छ। बैंकलाई दिएको निर्देशनहरू पालना नगरेमा अझ कडा कारबाही हुन सक्ने सम्भावना रहेको छ।
याे पनि,
संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर
‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक
काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’
संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?
बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!
धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’
संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित
प्रतिक्रिया