काठमाडौं– एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले वरिष्ठ नायब कार्यकारी अधिकृत घिमिरेलाई प्रमुख बनाउने निर्णय गरेको हो।
दुई कार्यकाल बिताएका सीइओ सुनिल केसीको पदावधि चालु महिनाको मसान्तमा सकिँदै छ। त्यसैले सञ्चालक समितिले चार वर्ष कार्यकाल रहेको उक्त जिम्मेवारीमा घिमिरेलाई अगाडि बढाएको हो।
एक दशकभन्दा बढी समयदेखि एनएमबि बैंकमा आबद्ध घिमिरे कर्जा बैंकिङमा विशेष अनुभवीका चिनिन्छन्।
सन् १९९५ मा तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका घिमिरेले व्यवस्थापनसँगै कानुन पनि पढेका छन्। उनले एमबीएस र बीएल गरेका छन्।
सन् २००९ देखि एनएमबि बैंकमा आबद्ध उनी २०७९ असोजमा डीसीइओमा बढुवा भएका थिए। उनी ब्रान्च र कर्जा बैंकिङमा विशेष दक्खल राख्ने मानिन्छन्।
प्रतिक्रिया