+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मी सनराइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

पालिका लाइभ
२०८१ फाल्गुन २३, शुक्रबार १५:४६ बजे

काठमाडौं– लक्ष्मी सनराइज बैंक लिको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच मुस्ताङ तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेवा क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुन २७, २०७५ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिनुका साथै फागुन १७, २०७९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवर्द्धकको रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ९ अर्ब रहेको छ भने सह-अगुवा बैंकहरुको रूपमा रहेका ग्लोबल आईएमई बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रहेको छ । अन्य सहभागी बैंकहरु हिमालयन बैंकको ३ अर्ब, नेपाल एस.बि.आई. बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड समेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रहेको छ ।

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भए पश्चात वार्षिक करिब १०५६ मेगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो स्वतन्त्र ऊर्जा उत्पादक मध्य एकको रूपमा रहने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ