+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा

जाँचमा भाग नलिएकाले कुलमान फेल भएका हुन् : मन्त्री खड्का

4KNationalDaily
२०८१ फाल्गुन २२, बिहीबार २२:०३ बजे

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा शून्य अंक पाएकोबारे प्रस्टीकरण दिएका छन् ।

उनले जाँचमा भाग नै नलिने विद्यार्थीले कति नम्बर पाउँछ भन्दै प्रश्न समेत गरे । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले कानुन अनुसार काम नगरेको बताए ।

उनले भने‘ विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ, मलाई भनिदिनु प¥यो । कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन भन्नुपर्‍यो । संविधानमा नै लेखिदिनुपर्‍यो । हामीले ल्याएको व्यवस्थामा त्यस्तो होइन । सबै नागरिक नेपालको कानुन अन्तर्गत रहनेछन् । कानुनको पालना गर्ने जिम्मेवार पदमा हुने नहुने सबैको दायित्व हो । त्यसैले उहाँले शून्य नम्बर पाउनु भएको हो । उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन, चिन्दै चिन्नु भएन ।’

कुलमानले उठ्न बाँकी बक्यौता महसुललाई समेत नेपाल विद्युत् प्राधिकरणको नाफा भनेर जोडेको बताए ।

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका आयोजनामा कति खर्च भयो भन्ने अभिलेख समेत प्राधिकरणसँग नरहेको उनको भनाइ छ । कलमानले बोलेको भरमा विद्युत् प्राधिकरण नाफामा छ भनेर मानिदिन सकिने स्थिति नभएको धारणा राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily