+
Search

ताजा अपडेट +

पपुलर +

बालेनको घर पुगेर प्रचण्डले भने– रमाइलो भएको छ, सबै मिलेर देश बनाउनुछ

पालिका लाइभ
२०८१ फाल्गुन २२, बिहीबार ११:४६ बजे

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडाैं महानगरपालिका मेयर बालेन शाहको घरमा पुग्दा रमाइलो अनुभूति भएको बताएका छन् ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेता बिहीबार महोत्तरीस्थित मेयर शाहको पुर्ख्यौली घरमा पुगेका हुन् ।

हाल पालिका कार्यालय रहेको उक्त घरमा माओवादीले कार्यक्रम राखेको छ । ‘बालेन शाहको पुर्ख्यौली घर । उहाँको बा लगायत काकाहरूको घरमा हामी आइपुगेका छौ रमाइलो महसुस भएको छ’, प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने- ‘बालेनजीले पनि सुनिराख्नुभएको होला । हामी सबै मिलेर देश बनाउनु छ ।’

प्रचण्डले अहिले एकथरी मानिसहरू जनताले ठुलो बलिदानी गरेर ल्याएको सङ्घीयता र संविधान उल्ट्याउने कसरत भइरहेको बताए । उनले जनतालाई अझ धेरै अधिकार र पहिचानका लागि माओवादी लागिरहेको भन्दै पहिचान र अधिकारको मुद्दाका लागि प्रतिवाद गर्नुपर्ने अवस्था आए अपिल गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ