+
Search

ताजा अपडेट +

पपुलर +

अर्थ समितिले विधेयक अड्काएको मन्त्रीको गुनासो, भने-चैतभित्र प्रतिनिधिसभामा प्रतिवेदन पुगोस्

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार १६:१३ बजे

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा विचाराधिन रहेका तीनवटा विधेयकलाई चैत्रभित्र टुङ्गो लगाउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले समितिमा विचाराधिक विधेयकहरू आवश्यकताको दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको हुनाले चैत्र मसान्तभित्र समितिमा छलफल गरी टुङ्गो लगाउन आग्रह गरेका हुन् ।

उनले भने,‘ सकेसम्म चैत्र मसान्तभित्र यी तीनवटै विधेयकहरू समितिमा छलफल होस् । समितिले निर्णय गरोस् र र समितिको निष्कर्ष प्रतिनिधिसभा समक्ष प्रस्तुत हुन भनेर आग्रह गर्छु । समितिमा विचाराधिन विधेयकहरू आवश्यकताको दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको हुनाले यथाशीघ्र चाँडो निष्कर्षमा पुग्नको लागि आफ्नो अनुरोधलाई दोहोर्‍याउन चाहन्छु । चैत्र मसान्तभित्र यी तीनवटा नै विधेयक समितिबाट प्रतिनिधिसभामा प्रस्तुत होस् ।’

उनले अहिले विधि निर्माणको काममा ढिलाइ यो भन्ने जनस्तरबाट र विज्ञहरूबाट पनि आलोचना भइरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण भएको बताए ।

उनले भने,‘अहिले विधि निर्माणको काम अहिले बिस्तारै भयो भन्ने जनस्तरबाट पनि आलोचना आइरहेको छ । विज्ञहरूले पनि त्यसखालको टिप्पणीहरू गरिरहेको छन् । विधि निर्माणको काम अलि ढिलो भन्ने दृष्टिकोणबाट आएका सुझावहरू टिप्पणीहरू आलोचनाहरूको प्रति सरकारको ध्यान गएको छ । विचाराधिन विधेयकहरूलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउने र सभासमक्ष प्रस्तुत गर्ने सभाबाट पनि चाँडो निर्णय होस् भन्ने सरकारको चाहना छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ