+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार ११:१९ बजे

काठमाडौं– अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गरेका हुन्।

जसमध्ये स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई नि:शुल्क उपचारका लागि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ पठाइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ