+
Search

ताजा अपडेट +

पपुलर +

‘संघीय निजामती सेवा ऐनको विवाद निरूपण भइसक्यो, अब चाँडै पारित गर्छौँ’

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार ०८:४५ बजे

पर्सा– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

बिन्दबासिनी गाउँपालिका कमिटीले बहुवर्वाभाठ्ठामा आयोजना गरेको दोस्रो गाउँपालिका अधिवेशन कार्यक्रममा मन्त्री गुप्ताले एमाले नेतृत्वकाे सरकारले विकासका धेरै काम भएको चर्चा गर्दै उनले देशको विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको दाबी गरे ।

मन्त्री गुप्ताले २०५१ मा गठन भएको एमाले नेतृत्वको सरकार र २०७२ को राजनीतिक परिवर्तनपछि गठन भएको सरकारको नेतृत्वले गरेको विकासका कामले आम नागरिकको मन जितेको बताए ।

उनले भने,‘अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको थप आकाङ्क्षा पूरा हुनसक्छ ।’ एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको उनको भनाइ छ ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसँग जोड्ने योजनाअन्तर्गत हुलाकी राजमार्गको योजना समेत नेकपा एमालेले ल्याएको उनले बताए ।

कांग्रेस र एमालेले नेतृत्व गरेको वर्तमान सरकारमा आफूले पाएको मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती सेवा ऐनको विवाद पटक–पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पुर्‍याएकाे उनकाे दाबी छ। सो ऐन केही दिनभित्रै पारित गरी राष्ट्रसेवक कर्मचारीहरूलाई खुसी दिने दाबी उनको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ