+
Search

ताजा अपडेट +

पपुलर +

पूर्व वडाध्यक्ष साह पक्राउ, आज अदालतमा पेस गरिने

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार ०८:३९ बजे

जनकपुर– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन् ।

लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरधामबाटै पक्राउ गरिएको हो ।

जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ५ बस्ने धर्मेन्द्र साहसँगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो । उनलाई अदालतबाट पक्राउ पुर्जी जारी भए पछि आज पक्राउ गरिएको छ ।

पूर्व वडाध्यक्ष साह जग्गा खरिदबिक्रीमा उनीसँग पैसा लिएर नत जग्गा नै दिए नत पैसा नै पछि उनी विरुद्ध अदालतमा मुद्दा दायर भए पछि अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई वडा नं. १ बाटै पक्राउ गरिएको थियो भने उनलाई आज अदालतमा पेस गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ