+
Search

ताजा अपडेट +

पपुलर +

बालेनसँग मन्त्रीले मागे छानबिन प्रतिवेदन, भने- प्रशासकीय अधिकृतमाथिको स्थिति के हो?

पालिका लाइभ
२०८१ फाल्गुन १९, सोमबार १६:५१ बजे

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिनबारे स्पष्ट खुलाउन भन्दै पत्राचार गरेको छ ।

महानगरलाई फागुन १५ गते एक पत्र पठाउँदै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिनको स्थिति स्पष्ट खुलाउन भनेको हो ।

‘प्रस्तुत विषयमा त्यहाँको चलानी नम्बर ४५०, मिति २०८१/०९/२४ गतेको पत्र प्राप्त भई ब्यहोरा अवगत भयो। सो सम्बन्धमा त्यहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाइदिनुहुन मिति २०८१/११/१५ को निर्णयअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

महानगर पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गुराईंमाथि महानगरले पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको कारबाही गरेको छ। सो कारबाहीपश्चात् महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो ।

प्रशासकीय अधिकृत नहुँदा कामकारबाही प्रभावित भएको भन्दै महानगरले कर्मचारी पठाइदिन अनुरोध गर्दै मन्त्रालयलाई पत्र लेखेको थियो । सो पत्रउपर स्पष्ट खुलाएर पठाउन महानगरलाई मन्त्रालयले पत्राचार गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ