+
Search

ताजा अपडेट +

पपुलर +

ऊर्जामन्त्री खड्का-कुलमान तनावमा राज्यमन्त्री तामाङ

‘कुलमानलाई हटाउनुपर्ने कुनै कारण छैन, फेरि ४ वर्षलाई नियुक्त गर्नुपर्छ’

‘३-४ करोडका गाडी चढेर हिँड्ने, बंगलोमा बस्ने तर आफूले प्रयोग गरेको विद्युत् महसुल तिर्दैनौँ भन्ने व्यापारीको लाइन काट्न किन रोक्ने?,’ उनले प्रश्न गरे, ‘सबैले साथ दिए महसुल उठाउने विषयमै म अघि बढ्छु।’

पालिका लाइभ
२०८१ फाल्गुन १८, आईतवार १८:५२ बजे

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई हटाउनु पर्ने कुनै कारण नभएको बताएका छन्। उनले नेपालमा सबैभन्दा राम्रो काम गरेको कर्मचारीलाई सरकारले हटाउन नहुने बताएका हुन्।

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई ३ पटक स्पष्टीकरण सोधिसकेका छन्। २ पटक कार्यकारी निर्देशकबाटै किन नहटाउने भनी स्पष्टीकरण माग गरेका थिए।

मन्त्रालयले स्पष्टीकरण माग गरेको राज्यमन्त्री तामाङले नै विरोध गर्दै आएका छन्।

‘सरकारले कानुनअनुसार हटायो भने म राज्य मन्त्रीले त के गर्न सक्छु र,’ तामाङले भने, ‘तर, नेपाली जनता कुलमानलाई हटाउनु हुँदैन भन्ने पक्षमा छन्। बरु साउनमा कार्यकाल सकिएपछि पुनः नियुक्ति दिनुपर्छ भन्ने मेरो मान्यता हो।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउन खोज्दा रोक्न नहुने उनको भनाइ छ।

‘३-४ करोडका गाडी चढेर हिँड्ने, बंगलोमा बस्ने तर आफूले प्रयोग गरेको विद्युत् महसुल तिर्दैनौँ भन्ने व्यापारीको लाइन काट्न किन रोक्ने?,’ उनले प्रश्न गरे,‘सबैले साथ दिए महसुल उठाउने विषयमै म अघि बढ्छु।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ