+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डकाे अङ्गालोमा वर्षमान र जनार्दन, जनतासँग माओवादी अभियान सुरु

4KNationalDaily
२०८१ फाल्गुन १२, सोमबार १४:४३ बजे

झापा– माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ। झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन् ।

झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छन्।

केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन् ।

गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुने छ।

अभियानमा माओवादी नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत र अग्नि सापकोटा पनि सामेल छन्।

शर्माले प्रचण्डसँग पार्टीका विभिन्न क्रियाकलापमा मतभेद राख्दै आएका थिए।

अभियानमा सँगै देखिएपछि उनीहरूको सम्बन्धमा सुमधुरता आएको अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily