+
Search

ताजा अपडेट +

पपुलर +

सीमा नाकामा स्थानीयको अनशन : ‘रोटीबेटी’को सम्बन्ध प्रभावित नगर्न सुझाव

4KNationalDaily
२०८१ फाल्गुन ८, बिहीबार १७:४९ बजे

रौतहट– रामपुरखाप नाकामा सवारीसाधन आवतजावतमा समस्या भएको भन्दै स्थानीयले आमरण अनसन थालेका छन् ।

नेपाल भारत सीमा नाकाबाट निर्बाध रूपमा चार पाँग्रे सवारीसाधन आवतजावत गर्न पाउनुपर्ने र भन्सार कार्यालय स्थापना हुनुपर्ने माग राख्दै बिहीबार दोस्रो दिन पनि निरन्तरता दिएका हुन् ।

परोहा नगरपालिका वडा नम्बर ९ स्थित नेपाल भारत सीमावर्ती क्षेत्र भन्दा ५० मिटर नेपाली सीमा क्षेत्रमा तीनजना स्थानीयले आमरण अनसनमा बसेका छन् ।

स्थानीय साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हकले आमरण अनसनमा बसेको जनमत पार्टीका जिल्ला इन्चार्ज सेख जमसैदले बताए । उनका अनुसार नेपाल भारतको सम्बन्ध सदियौँदेखिको भएकाले सीमा नाकाबाट निर्बाध रूपमा चार पाँग्रे सवारी साधन आवतजावत गर्न पाउनु पर्दछ । यसमा नेपाल सरकार र भारतीय पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ । आफूहरूको जायज मागलाई सरकारले ध्यान दिनुपर्ने उनको जोड छ ।

भारत नेपालबिच सदियौँदेखि चल्दै आएको रोटी बेटीको सम्बन्धलाई प्रभावित पार्ने कार्य कसैबाट सह्य नहुने उनले चेतावनी दिए । आमरण अनसनमा बसेका तीनै जनालाई सयौँ स्थानीय बासिन्दाहरूले साथ दिइरहेका छन् ।

भारतसँग जोडिएका रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १, २ र ४ तथा परोहा नगरपालिकाको वडा नम्बर ९ सहितका सीमा नाकाहरूबाट निर्बाध रूपमा गइरहेका चार पाँग्रे सवारी साधनलाई आवत–जावतमा रोक लगाएपछि त्यस भेगका बासिन्दाहरू आन्दोलित भएका हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय र भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएपछि चाँडै समस्या समाधान गर्ने आश्वासन मात्र भएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily