+
Search

ताजा अपडेट +

पपुलर +

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, कुन विदेशी मुद्राको मूल्य कति?

4KNationalDaily
२०८१ फाल्गुन ५, सोमबार ०९:०२ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्री दर ३१ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily