+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले सांसदलाई अपहेलना गर्‍यो : हितराज पाण्डे

4KNationalDaily
२०८१ माघ २९, मंगलवार १५:४५ बजे

काठमाडौं– माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सांसदलाई अपहेलना गरिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले जनताका प्रतिनिधिहरूको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले सांसदलाई अपहेलना गरिरहेको बताए ।

उनले भने, ‘समग्र क्रियाकलापमा सरकारले सांसदलाई मिनीमाइज गरिरहेको छ । अपहेलना गरिरहेको छ । र सरकारले जनताका प्रतिनिधिहरूको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन । आजको विषयसूचीमा नियमावलीको व्यवस्था अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यपालिका बनायौँ । त्यो कार्यपालिका अनुसार आज भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित गर्ने विषयवस्तु थियो । हिजो पनि आजको कार्यसूचीबारे छलफल भएको थियो तर आज सरकारले समय छैन । त्यस कारण कार्यसूची हटाइयो भनेर जानकारी दियो । के सरकारले नियम पालना गर्नु पर्दैन ।’

यस्तै, उनले सांसदले सधैँ सरकारले जे जे भन्छ त्यही अनुसार गर्ने हो कि वा जनताका प्रतिनिधिले बनाएको विषयवस्तु सरकारले पनि पालना गर्नुपर्ने हो भन्दै प्रश्न गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily