+
Search

ताजा अपडेट +

पपुलर +

धोकेबाज शब्द सुन्दा आफैलाई भने झैँ लाग्छ: एलिना चौहान

4KNationalDaily
२०८१ माघ २५, शुक्रबार १३:२२ बजे

काठमाडौं– गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन्।

शुक्रवार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन्।

‘धोकेबाज मलाई भनेको कि गीत? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन्।

दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन्। उनले यो पढ्ने बेला भएकाले प्रेममा नपर्न सुझाएकी थिइन्।

यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्। ‘भर्खर भर्खर ब्रेकअप भएको छ। यस्तो बेला धेरै पटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्। त्यसपछि उनले के माया लाउँछ र गीत गाएकी थिइन्।

यसका साथै उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौँ तिमि, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौँ, दुश्मन हेरेको हेरेई, मिनिरल वाटरलगायत आधा दर्जन गीत गाएकी थिइन्।

गायिका चौहानले काठमाडौँ जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध गत शुक्रवार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily