+
Search

ताजा अपडेट +

पपुलर +

संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर

4KNationalDaily
२०८१ माघ ४, शुक्रबार १२:२१ बजे

काठमाडौं– एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने (शुक्रवार) आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन सकिनेछ ।

बैकले सूर्यज्योति लाइफ इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको सेयर लिलामीमा ल्याएको हो ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल, एनआइसीको केन्द्रीय कार्यालय र शाखा कार्यालय विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

एनआइसीले पुस २५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यसमा लगानीकर्ताले न्यूनतम १५९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यस्तै, बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम २५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यसैगरी, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ७०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । ३ वटै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

काण्डै काण्डले भरिएको बैंक

नेपालमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआइसी रहेको छ ।

यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बाहिर आउने गरेका छन् । शुरुवाती दिनमाहरु सबैभन्दा विश्वासीलो र भरपर्दो दाबी गर्ने बैंकप्रति अहिले सबैको विश्वास छुट्दै गएको पाइन्छ ।

बैंकको नारा ‘बैंक पनि साथी पनि’ भनिए पनि बैंकले ग्राहकलाई गर्ने व्यवहार भने ‘दुस्मन’को जस्तो रहेको अधिकांश व्यवसायीहरुले खुल्ला रुपमा बोल्दै आएका छन्।

बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेका छन् । त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासा बजारमा प्रश्वता पाइन्छ ।

बैंकले ग्राहकलाई ठग्ने मात्रै नभएर नियमनकारी निकाय राष्ट्र बैंकलाई समेत छल्ने काम गरेको भन्दै कारबाही भोग्नु परेको थियो । बैंकले प्रवाह गरेको कर्जाको स्थिति र बैंकले पेस गरेको वित्तीय विवरण फरक पठाएको थियो ।

राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो ।

याे पनि,

‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक

काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’

संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?

बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!

धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’

संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट

संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’

संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्‍यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’

संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित

संकटमा एनआईसी एशिया बैंक, सेयर भाउ निरन्तर ओरालो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily