काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मंगलबार मन्त्रालयले अतिरिक्तमा रहेकासहित मन्त्रालय मातहत कार्यरत २१ शाखा अधिकृतको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार ४ जना शाखा अधिकृतलाई विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
मन्त्रालयको अतिरिक्त समूहमा रहेका गणेश वास्ताकोटीलाई ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
मन्त्रालयकै अतिरिक्त समूहमा रहेकी शिरिष उपाध्यायलाई रामेछापको खाँडादेवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यस्तै मन्त्रालयको अतिरिक्त समूहमा रहेका सावनकुमार चौधरीको कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
गृह मन्त्रालय अन्तरगत कार्यरत ताप्लेजुङको फुंगलिंग नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया