काठमाडाैं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा पुर्याउनुपर्ने बताएका छन् ।
सोमबार नेपाल निर्यात परिषद्को २७औँ वार्षिक साधारण सभा तथा ८औँ निर्यात दिवसको समुद्घाटन समारोह सत्रमा बोल्दै मन्त्री भण्डारीले विश्व बजारमा नेपालको उत्पादनको उपस्थिति अत्यन्त दयनीय रहेको बताएका हुन् ।
उनले भने, ‘मुलत, यतिखेर आयात र निर्यात जुन खाडल छ यसले नेपालको उत्पादन, उत्पादकत्व, विश्व बजारमा नेपालको उपस्थिति अत्यन्त दयनीय छ । हामी आयातमुखी बजारबाट जति आक्रान्त भएका छौँ । यसलाई आयात प्रतिस्थापन गर्नुपर्ने, निर्यात प्रवर्धन गर्नुपर्ने आजको यो व्यवसायीको यो परिषद्को या निजी क्षेत्रको मात्र नभई यो सिंगो राज्यको आजको प्रमुख प्राथमिकता हो ।’
उनले सबैले मिलेर नेपालको उत्पादन विश्व बजारमा पुर्याउन सकिने बताए।
प्रतिक्रिया