+
Search

ताजा अपडेट +

पपुलर +

भीम रावलको टिप्पणी प्रचण्डकै कपीपेस्ट, गालीगलौजले देश बन्दैन : प्रदीप ज्ञवाली

4KNationalDaily
२०८१ पुष १८, बिहीबार २०:५७ बजे

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निकालिएका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरू नेकपाकालमा प्रचण्डको १९ पेज लामो पत्रको कपीपेस्ट जस्तो भएको टिप्पणी गरेका छन् ।

ललितपुरको च्यासलमा विहीबार बसेको सचिवालय बैठकपछि ज्ञवालीले सञ्‍चारकर्मीले सोधेको प्रश्‍नको जवाफमा यस्तो टिप्पणी गरेका हुन् ।

‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो, आरोप लगाउनुभएको थियो,’ उनले भने, ‘सायद १९ पेजको थियो। त्यसैको कपीपेस्टजस्तो छ, नयाँ कुराहरू छैन। यसले त्यहाँभित्र कति धेरै नकारात्मकता भरिएको छभन्ने प्रस्ट भएको छ। समाज आफै प्रस्ट भएको छ भन्ने मलाई लाग्छ। तेस्रो कुरा, गालीगलौजले देश भन्ने भए, एक जमाना थियो, बाबुराम भट्टराई प्रचण्डहरूले शब्दकोशमा भएका सबै शब्दहरु खोजीखोजी गाली गर्नुहुन्थ्यो। अर्को अवस्था आयो, रविजी (लामिछाने)हरू, त्यसरी नै उदाउनुभएको हो। गाली गरेर देश बन्दैन।’

उनले हिजो भीम रावलले ओलीमाथि उठाएका प्रश्नले उनीभित्र कति नकारात्मक कुरा रहेछ भन्ने प्रष्ट भएको बताए ।

बुधबार रावलले पत्रकार सम्मेलनमार्फत केपी ओलीमाथि ७४ प्रश्‍न तेर्स्याएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily