+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विभान्ता र हिमाल डेन्टलमा २० प्रतिशतसम्म छुट पाउने

4KNationalDaily
२०८१ पुष ११, बिहीबार २०:२० बजे

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौं महानगरपालिका-२८ कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालिमा छुट पाउने भएका छन्।

त्यस्तै, बैंकले काठमाडौंको धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटलसंग पनि छुटका लागि सम्झौता गरिएको जनाएको छ।

सम्झौतापछि प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले २० प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ।

सम्झौतापत्रमा विभान्ता डेण्टल र हिमाल डेन्टलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटिङ म्यानेजर सबिन राणाले हस्ताक्षर गरेका छन्।

ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३ सय १५ शाखा कार्यालयहरू, २ सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरू छन् ।

‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily