+
Search

ताजा अपडेट +

पपुलर +

एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार

4KNationalDaily
२०८१ पुष २, मंगलवार १८:१७ बजे

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो ।

क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ । प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो ।

एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन् ।

सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily