+
Search

ताजा अपडेट +

पपुलर +

कुशल मल्लको अर्धशतकमा चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

4KNationalDaily
२०८१ मंसिर २९, शनिबार १५:१२ बजे

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ । जारी खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८० रन बनाएको हो ।

चितवनका लागि कप्तान कुशल मल्लले सानदार ब्याटिङ गरे । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए । उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए ।

रवि बोपाराले ४४ रन जोडे । हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए । चितवनले डेथ ओभरमा धुवाँदार ब्याटिङ गरेको थियो । अन्तिम चार ओभरमा ६१ रन जोड्दै चितवनले सम्मानजनक स्कोर खडा गरेको हो ।

जनकपुरका लागि ललित राजवंशीले दुई तथा जेम्स निसम, हर्ष थाकेर र मोहम्मद मोहसिनले एक एक विकेट लिए ।

दुवै टोली लिग चरणको अन्तिम खेल खेलिरहेका छन् । जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको छ भने चितवनलाई प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily