+
Search

ताजा अपडेट +

पपुलर +

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पूर्व मेयर शिवाकोटी पक्राउ

4KNationalDaily
२०८१ मंसिर २४, सोमबार २०:१५ बजे

झापा– बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

बिर्तामोड–५ स्थित आफ्नै घरमा घरेलु कामदारको रुपमा राखेकी १७ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पूर्व नगर प्रमुख शिवाकोटी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै उनी नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily