+
Search

ताजा अपडेट +

पपुलर +

चितवन राइनोजमाथि कर्णाली याक्सको रोमाञ्चक जित

4KNationalDaily
२०८१ मंसिर २१, शुक्रबार १२:३८ बजे

काठमाडौं– कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

बलिङमा विपिन शर्माको ३ विकेट अनी ब्याटिङमा शिखर धवनको ४५ रन मदतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।

यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।

धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । यस्तै चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।

चितवनका लागि कुशल मल्ल, लफ्टी इटोन र रवि बोपाराले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको थियो।

रवि बोपारा ५९ र शरद भेषावकर ६ रनमा अविजित रहे। रविले ४० बलमा ७ चौका र १ छक्का प्रहार गरे।

चौथो विकेटका लागि रवि बोपारा र कप्तान कुशल मल्लले ६० रनको साझेदारी गर्दै चितवनको इनिङ्स उकासेका थिए। चितवन एक समय ५.१ ओभरमा ३–२२ को अवस्थामा थियो।

आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्दैछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

पोखरा तेस्रो खेलमा पहिलो जितको खोजीमा छ। लुम्बिनी भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily