+
Search

ताजा अपडेट +

पपुलर +

धवनको अर्धशतकमा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

4KNationalDaily
२०८१ मंसिर १९, बुधबार ११:०१ बजे

काठमाडौं– शिखर धवनको आक्रामक ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजसामु जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।

शिखर धवन ७२ र जिसन मक्सुद १४ रनमा अविजित रहे। धवनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। धवनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए।

सुस्त सुरुवात गरेको कर्णालीले अन्तिम तीन ओभरमा आक्रामक प्रर्दशन गरेको थियो। चाडविक वाल्टन २१ रन बनाउँदै जेहार्ड इरासमसको बलमा करण केसीको हातबाट क्याच आउट भए।

बाबर हायतले १३ र गुल्सन झा ले १२ रन थपे। अर्जुन घर्ति ४ रन बनाउँदै बोल्ड आउट भए। ओपनर देव खनाल १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे।

काठमाडौंका जेहार्ड इरासमसले २ विकेट लिए। करण केसी, नाथन साउटर र दिपेश कडेलले समान एक विकेट झारे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily