+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा एभेन्जर्स ७४ रनमा अलआउट, चितवन राइनोजको लगातार दोस्रो जीत

4KNationalDaily
२०८१ मंसिर १८, मंगलवार १६:०१ बजे

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ।

पोखरा एभेन्जर्स ७४ रनमा नै अलआउट भएको हो।

एनपीएलमा लगातार दोस्रो जित निकाल्ने क्रममा चितवनले पोखरालाई ८७ रनको फराकिलो अन्तरले हराएको हो। चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो।

चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३.२ ओभरमा ७४ रन बनाउँदा अलआउट भयो। जारी एनपीएलमा कुनैपनि टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो।

खराब सुरुआत गरेको पोखराले ४ ओभरमा ७ रन बनाउँदा ६ विकेट गुमाएको थियो।

कप्तान कप्तान तथा ओपनर कुशल भुर्तेल शुन्य, दिलिप नाथ ४, बास डे लिड शुन्य, किरण ठगुन्ना १, दिनेश खरेल १, रायमन रेइफर १, विपीन खत्री ९ र माइकल लिस्क शुन्य रनमा आउट भए ।

बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिएका छन् । तन्भिरले पहिलो ओभर र रिजनले चौथो ओभरमा ३–३ विकेट लिएका थिए ।

दीपक बोहराले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन जोडे । कप्तान कुशल मल्लले ३८ रनको योगदान दिएका थिए ।

बलिङमा चितवनका विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुई-दुई तथा सागर ढकालले एक विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily