+
Search

ताजा अपडेट +

पपुलर +

जीतपुरसिमरामा ४ दिन सार्वजनिक बिदा

4KNationalDaily
२०८१ मंसिर १७, सोमबार १४:०९ बजे

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ४ दिन सार्वजनिक बिदा दिने भएको छ ।

पालिकाले सोमबार एक सूचना जारी गर्दै शुक्रबारदेखि सोमबार (मंसिर २१ गतेदेखि २४ गतेसम्म) सम्म ४ दिन सार्वजनिक बिदा दिईएको जनाएको हो ।

‘विश्व प्रसिद्ध गढीमाई मन्दिरमा श्री गढीमाई पञ्चवर्षिय मेला, २०८१ को अवसरमा शुक्रबारदेखि सोमबारसम्म अत्यावश्यक सेवा बाहेक जीतपुरसिमरा उपमहानगरपालिका र मातहतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु, संघसंस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय (प्रमुख स्तरीय) भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, पालिकाको प्रमुख कार्यकारी अधिकृत उर्मिला काफ्लेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily