+
Search

ताजा अपडेट +

पपुलर +

जाजरकोटमा माओवादीले उपमेयर जित्यो, कांग्रेसले वडाध्यक्ष खोस्यो

4KNationalDaily
२०८१ मंसिर १७, सोमबार १०:४४ बजे

काठमाडौं– जाजरकोटमा वडाध्यक्ष गुमाएको माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ ।

आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका-७ को वडाध्यक्ष पद गुमायो । तर, त्यसबेला कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर भने माओवादीले जितेको छ ।

निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् ।

उनले ४ हजार २७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २ हजार ५४२ मत ल्याइन् ।

यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily