+
Search

ताजा अपडेट +

पपुलर +

श्रीलंकाविरुद्ध जितका लागि नेपालले पायो २ सय ३४ रनको लक्ष्य

4KNationalDaily
२०८१ मंसिर १४, शुक्रबार १४:३३ बजे

काठमाडौं– युएईमा जारी यू-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।

श्रीलंकाका शरुजन शणमुगनाथनले सर्वाधिक ६२ रन जोडे । लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले ।

नेपालका लागि सन्तोष यादव एक्लैले चार विकेट लिए। उनले आफुनो स्पेलमा ४५ रन खर्चे। युवराज खत्रीले दुई विकेट झारे। हेमन्त धामी र नरेन साउदको नाममा समान एक विकेट रह्यो।

नेपाली युवा टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily