+
Search

ताजा अपडेट +

पपुलर +

सुधारिएन अर्थतन्त्र : आयात निर्यात खुम्चियो, विदेशी मुद्रा थुप्रियो

4KNationalDaily
२०८१ मंसिर ४, मंगलवार १५:१९ बजे

काठमाडाैं– नेपाल राष्ट्र बैंकले तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । यस्तै आयात ४.२ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले घटेको छ ।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२२३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ भने  नेपाल सरकारको खर्च रु.३२९ अर्ब २० करोड र राजस्व परिचालन रु.२४८ अर्ब २६ करोड रहेको छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily