+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै, के–के छन् एजेण्डा ?

4KNationalDaily
२०८१ मंसिर २, आईतवार १९:११ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।

थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily