+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकपमा छनोट भएको यू-१९ नेपाली टोली स्वदेश फर्कियो, क्यानले जनही साढे दुई लाख दिने

4KNationalDaily
२०८१ कार्तिक २९, बिहीबार २१:२३ बजे

काठमाडौं– आईसीसी महिला यू-१९ विश्वकप र एसिया कपमा स्थान बनाएको नेपाली यू-१९ टोली स्वदेश फर्किएको छ। यूएईमा सम्पन्न विश्वकप छनोटमा घरेलु टोली लगायत चार टोलीमध्ये नेपालले विश्वकपमा स्थान बनाएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप पुगेको नेपाली टोलीलाई पुरस्कारको घोषणा गरेको छ। क्यानका अनुसार सहभागी खेलाडीले जनही २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै टीम अफिसियलले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

नेपाली टोलीले जनवरी १८ देखि मलेसियामा हुने आईसीसी महिला यू-१९ टी-२० विश्वकपमा सहभागिता जनाउने छ।

विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड विपक्षी रहने छन्। त्यसअघि नेपालले एसिया कप खेल्नेछन्। उक्त प्रतियोगिताको समूह चरणमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ। एसिया कप डिसेम्बर १५ बाट सुरु हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily