+
Search

ताजा अपडेट +

पपुलर +

यू-१९ महिला टी-२० विश्वकप छनौटमा नेपाल र थाइल्याण्डसँग खेल्दै

4KNationalDaily
२०८१ कार्तिक २५, आईतवार ०६:५६ बजे

काठमाडौं– नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज थाइल्याण्डविरुद्ध खेल्दै छ ।

दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ३: १५ बजेदेखि शुरु हुदै छ ।

प्रतियोगितामा नेपालले ३ खेलमा २ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै थाइल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।

डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily