काठमाडौं– नेपालले आईसीसी विश्वकप क्रिकेटलिग-२ को खेलमा स्कटल्यान्डसँग अंक बाँडेका छ। सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो।
नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो। स्कटल्यान्डसँगको १ अंकसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अंंक जोडेको छ ।
डिभिजन टुको अंक तालिकामा नेपाल १२ खेलमा ६ अंकसहित सातौँ स्थानमा छ। तालिकामा अमेरिका १२ खेलमा १६ अंसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छन्।
स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अंक छ। नामिबियाको १२ खेलमा १० अंक छ । ओमानको ९ खेलको ८ अंक छ।
पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अंक छ।
प्रतिक्रिया