+
Search

ताजा अपडेट +

पपुलर +

कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धरलाई उठाउने एमाले तयारी

4KNationalDaily
२०८१ कार्तिक १६, शुक्रबार १९:११ बजे

काठमाडौं– नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उठाउने तयारी गरेको छ ।

नगर कमिटीको शुक्रबार बसेको बैठकले मानन्धरको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् ।

‘एमालेमा नगरले जिल्लामा सिफारिस गर्छ, जिल्लाले पठाउको नाममा प्रदेशले निर्णय लिने व्यवस्था छ । तर आकांक्षीहरुले समर्थन गरेर सर्वसम्मत नाम आएकाले उनलाई नै उठाउने हाे,’ एक नेताले भने, ‘अरु आकांक्षी नै नभएपछि उहाँलाई नउठाएर कसलाई उठाउने होला र ?’

कीर्तिपुरको मेयरका लागि १६ मंसिरमा उपचुनाव हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily